काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ धरौटीमा छुटेकी छन् ।
शुक्रबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० हजार धरौटी तिरेर उनी रिहा भएकी थिइन् । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा माघ २ गते पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भए लगत्तै माघ १४ गते आपराधिक उपद्रवको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको थियो ।
केही महिनाअघि भक्तपुर र काभ्रेको सिमानामा रहेको कैलाशनाथ महादेव मन्दिर क्षेत्र जोड्ने झोलुंगे पुल तरेको पैसा लिएको भन्दै उनले प्रवेश शुल्क लेखिएको बोर्ड निकालेर च्यातेकी थिइन् । साथै महिला कर्मचारीमाथि दूव्र्यवहार पनि गरेकी थिइन् । यही मुद्धामा उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेकाे थियाे ।





























प्रतिक्रिया