आइएजीइएस र एसएसएनको सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा हुँदै

आइएजीइएस र एसएसएनको सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा हुँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । इन्डियन एशोसिएसन अफ ग्यास्ट्रोइन्टेस्टाइनल एण्ड इन्डोस्किोपिक सर्जन (आइएजीइएस) र सोसाइटी अफ सर्जनस् अफ नेपाल (एसएसएन) को सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा भइरहेको छ ।

यो सम्मेलन जनवरी ३० देखि फ्रेबुअरी २ सम्म नेपाल मडिसिटी अस्पताल र हायात रिजेन्सी काठमाडौंमा भइरहेको हाे । सम्मेलनमा भारत तथा नेपालबाट २०० सय भन्दा बढि चिकित्सकहरूको सहभागिता रहेको छ ।

मिनिमल इन्भेसिभ सर्जरी, रोबोटिक सर्जरी, र इन्डोस्कोपी क्षेत्रको विश्वव्यापी नवीनतम प्रगति, प्रवृत्ति र चुनौतीहरुबारे ज्ञान आदनप्रदान गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको आइएजीइएसका अध्यक्ष डा. सुवास अग्रवालले बताए ।

विश्वभरका प्रख्यात विशेषज्ञहरू, नवप्रवर्तकहरू र सर्जनहरूको सहभागिता र ज्ञान आदानप्रदानले अत्याधुनिक अनुसन्धानमा सहकार्य गर्न र यस क्षेत्रमा विकासलाई बढावा दिन सहयोग पुग्ने उनले बताए ।

भारतबाट आएका चिकित्सकहरूले नेपाल मेडिसिटीमा हुने दुरवीन प्रविधिबाट गरिने जीआई सर्जरी खासगरी हर्निया/ल्याप्रोस्कोपिक कोन्डोप्लिकेशन, कोलोरेक्टल पित्ताशयको थैली परिशिष्टका जटिल शल्यक्रिया भारतकै स्तरमा रहेको भन्दै प्रशंसा गरे ।

हालसम्म नेपाल मेडिसिटीमा दुई वटै शल्यक्रिया युनिटबाट ८ हजारभन्दा बढी शल्यक्रिया दुरवीन प्रविधिबाट भएको जानकारी एसएसनका पूर्व अध्यक्ष तथा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिल कुमार शर्माले बताए । यहाँ इआरसिपी, इन्डोस्कोपिक अल्ट्रासाउण्ड गरी क्यान्सर पत्ता लगाउने र यसलाई ट्युमर बोर्डमा छलफल गरी सम्पूर्ण क्यान्सरको उपचार गराइन्छ । त्यस्तै, शल्यक्रिया गर्नका लागि अनिवार्य फ्रोजन सेक्सन गरेर क्यान्सर उपचारमा कुनै सुविधाको कमी हुन नदिई शल्यक्रिया गरिन्छ ।

Logo