काठमाडौं । युएईविरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली क्रिकेटको प्रारम्भिक टोली घोषणा गरिएको छ । छनोट समितिले युएईविरुद्धको सिरिजको लागि २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।
टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी रहेका छन् ।
त्यस्तै, ललित भणडरी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुसान भारी, विक्रम सोब, भिम शार्की र अभिनाष कर्ण रहेका छन् । युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ ।
नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारिखमा हुनेछ । त्यस्तै, २६ तारिखमा दोस्रो र जनवरी २८ तारिखमा तेस्रो खेल हुनेछ । एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।































प्रतिक्रिया