काठमाडौंको तापक्रम शून्यमा झर्यो, माइनसमा नझर्ने

काठमाडौंको तापक्रम शून्यमा झर्यो, माइनसमा नझर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा आज (सोमबार)को न्यूनतम तापक्रम शून्यमा झरेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान  तापक्रम शून्य दशमलव ५ डिग्रीमा झरेको छ । यस वर्षका लागि अहिलेसम्ममा सबैभन्दा न्यून मापन गरिएको तापक्रम भएको महाशाखाले जनाएको छ ।

मौसमविद् समिर श्रेष्ठले  जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायुका कारण देशभरी चिसो हृवात्तै बढेको बताए।  चिसो बढे पनि तामक्रम माइनसमा झर्ने सम्भावना नरहेको श्रेष्ठले बताए।  ‘बिगतको अबस्था हेर्दा र अहिलेको मौसम हेर्दा काठमाडौँकोट अपक्रम माइनसमा जाने सम्भावना न्यून छ।’ श्रेष्ठले भने।

तर भोलि मंगलबार र बुधबार देशका केही क्षेत्रमा छिटपुट बर्षा हुन् सक्ने उनले जानकारी दिए।

Skip This
Skip This
Logo