महोत्तरी । महोत्तरीमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या गरिएको छ ।
गौशाला नगरपालिका ८ का अभिषेक यादवकी श्रीमती १९ वर्षीया खुश्बु यादवको हत्या भएको हो । गौशाला नगरपालिका ५ मा रहेको विद्युत् प्राधिकरण कार्यालय छेउको खेतमा खुश्बु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका डीएसपी सन्तुलाल जैसवारले जानकारी दिए ।
उशनिबार राति घरबाट निस्केकी खुश्बु आइतबार बिहान हत्या गरिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।नका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा खुश्बुको शव भेटिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया