काठमाडौं । दाङ देउखुरीका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौंमा आन्दोलन गरेका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिले आजदेखि काठमाडौंको माइतीघरमा विभिन्न ३ बुँदे माग राख्दै धर्ना दिएका हुन् ।
३ हजार ५ परिवार स्वर्गद्धारी गुठीको मोही बसेको दाङमा कुल १ हजार ५० विघा जमिन गुठीअन्तर्गत छ । पीडितहरुसँग भएको मोहीयानी पुर्जा २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको थियो ।
त्यसपछि अन्यायमा परेकाे ती परिवारले भन्दै गत वर्ष २०८० फागुन ७ देखि १ महिना लामो आन्दोलन दाङमा आन्दोलन गरेकाे थियो । सरकारसँग दुई बुँदे सम्झौताभएको एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन नगरिएको उनीहरुको गुनासो छ ।





























प्रतिक्रिया