नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । घरेलु टोली नेपाललाई त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत तेस्रो खेलमा नेदरल्याण्ड्सले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन जोडेको हो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डी लिडेले सर्वाधिक ४१ रनको योगदान गरिन् । यसैगरी हेदर सिजर्सले २६ रन बनाउँदा फेबे मोल्केनबोयर र रोबिन रिज्केले समान २१ रन जोडे ।

बलिङमा नेपालकी सिता रानामगर एक्लैले ५ विकेट लिइन् ।

जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।

Skip This
Skip This
Logo