नोबेल मेडिकल कलेजमा नेपालकै पहिलो न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधि, हजारौं बिरामीको सफल उपचार

नोबेल मेडिकल कलेजमा नेपालकै पहिलो न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधि, हजारौं बिरामीको सफल उपचार

केन्द्रबिन्दु
171
Shares

काठमाडाैं । विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलो पटक न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधि भित्र्याएर हजारौं बिरामीलाई सफल उपचार प्रदान गर्न सफल भएको छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी न्युरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी सल्यक्रिया सम्पन्न गरिँदै आएको छ ।

न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधिको महत्व

यो प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि अनुगमन गर्न मद्दत गर्दछ । जसका कारण शल्यक्रिया गर्दा सम्भावित जटिलता न्यूनीकरण गर्दै थप सुरक्षित, प्रभावकारी, र न्यूनतम जोखिमयुक्त उपचार सम्भव भएको छ।

नोबेल मेडिकल कलेजमा वरिष्ठ न्युरो सर्जन प्राध्यापक डा. प्रकाश काफ्लेको नेतृत्वमा यो प्रविधि सफलतापूर्वक प्रयोग गरिँदै आएको छ । उनका अनुसार, न्युरो इन्ट्रा-अप्रेटिभ प्रविधिबाट ब्रेन ट्युमर, स्पाइनल इन्जुरी, पार्किन्सन्स, सेरेब्रल पल्सी, हाइड्रोसेफालस (टाउकोमा पानी जम्ने समस्या), हेड इन्जुरी, स्पाइनल ट्युमर, ब्रेन हेमरेज तथा रगत जमेको समस्या लगायतका गम्भीर न्युरो समस्याको सर्जरी सफलतापूर्वक सम्भव भएको छ।

नेपालमै पहिलोपटक यो प्रविधि नोबेल मेडिकल कलेजमा उपलब्ध रहेको छ, जसले भर्खर जन्मिएका शिशुदेखि वृद्धसम्मका बिरामीहरूलाई न्यूनतम जोखिममा सफल उपचारको अवसर प्रदान गरिरहेको छ।

नेपाल र भारतका हजारौं बिरामीले यस प्रविधिबाट लाभ उठाइसकेका छन्। आधुनिक प्रविधिसहितको उपचार सेवा प्रदान गर्दै आएको नोबेल मेडिकल कलेजले न्युरो सर्जरी क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

नेपाली कांग्रेसका युवा नेता सांसद डा. सुनिल शर्माले सम्हालेयता नोबेल मेडिकल कलेजले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्दै लगेकाे छ । सांसद डा. शर्मा संघीय संसदकाे तलब भत्ता नलिने एक मात्र सांसद हुन्, उनले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन्। शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन्।

Skip This
Skip This
Logo