वाइडबडी प्रकरणः सुगतरत्न कंसाकार लगायत निलम्बनमा पर्न सक्ने !

वाइडबडी प्रकरणः सुगतरत्न कंसाकार लगायत निलम्बनमा पर्न सक्ने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले वाइडबडी विमान खरिद प्रकरणमा छानविन कमिटी बनाउने भएको छ । विमान खरिद प्रकरणमा अर्बौ भ्रष्टाचार भएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएपछि सरकार छानविन गर्ने मुडमा पुगेको हो ।

त्यस्तै बुधबार संसदको हिउँदे अधिवेशन उद्घाटनमा मन्तव्य दिँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले समेत बाइडबडी विमान खरीद प्रकरणमा छानविन हुनुपर्ने माग गरेका थिए । देउवाले छानविनको माग गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी खरीदबारे छानविन गर्न तयार भएका हुन् ।

सार्वजनिक लेखा समितिको बैठकले विमान खरिद प्रकरणमा ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गरिएको थियो । हवाई सेवामा संलग्न व्यवसायीहरुका अनुसार हवाई जहाज खरिदमा उत्पादकहरुले १० प्रतिशत क्रेतालाई कमिशन दिने गर्छन् भनिन्छ तर २४ अर्वको खरिदमा नेपाल वायुसेवा निगमलाई आउनुपर्ने कमिशन २ अर्व ४० करोड गायब भएको दावी गरिएको थियो ।

कमिशन, अधिकतम उडान भार कटौती र मूल्याङकन गरि २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड खोटाला भएको देखिएको भन्दै समिति सदस्यहरुले समेत छानविन गरिरहेका छन् ।

सरकारले समेत यो विषयलाई उच्च महत्व दिएको भन्दै छानविन गर्न कमिटी गठन गरिने जनाईएको छ । छानविन कमिटी गठनसँगै विमान खरिद कार्यमा संलग्न वायुसेवा निगममा महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतका कतिपय सरकारी अधिकारीहरु निलम्बनमा पर्न सक्ने देखिएको छ ।

छानविन हुँदासम्म विमान खरिद प्रकरणमा मुछिएका सबै निलम्बनमा पर्न सक्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । छानविन गर्न प्रमुख प्रतिपक्षी दलले पनि माग गरेपछि प्रधानमन्त्री ओलीले अग्रसरता देखाएका हुन् ।

Skip This
Skip This
Logo