भरतबन्धुको नेपाल झल्कने तस्बिर सिड्नीमा प्रदर्शनी

भरतबन्धुको नेपाल झल्कने तस्बिर सिड्नीमा प्रदर्शनी

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ ।

अष्ट्रेलिया नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउन्डेसनले फोटोग्राफर भरतबन्धु थापाको सातै प्रदेश समेटिने गरी तस्बिर प्रदर्शनी गरेको हो ।

नेपालका लागिअष्ट्रेलियन राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा २२ तस्बिर राखिएका थिए । प्रदर्शनी अवलोकन गर्दै राजदूत यादवले नेपालको विकासका लागि पर्यटन प्रवर्द्धनमा जोड दिन यस्तो तस्बिर प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले विदेशमा रहेका सबैले नेपालको प्रवर्द्धनमा जोड दिनुपर्ने बताउँदै विदेशमा रहेका नेपालीहरूलाई समय मिलाएर पटक–पटक सपरिवार नेपाल घुम्न पनि आग्रह गरिन् ।

एनएसडब्लुका वाणिज्यदूत सञ्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर थापाप्रति आभार व्यक्त गरे । उनले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रवर्द्धनमा विशेष जोड दिने बतााए ।

सो अवसरमा राजदूत यादव र वाणिज्यदूत शर्मालाई फोटोग्राफर थापाले नेपाल झल्कने किताबसमेत प्रदान गरेका थिए ।

Logo