काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन्।
त्रिभुवन विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए । राजकुमार एडवार्ड पनि आजै भारतबाट नेपाल आइपुग्ने कार्यक्रम छ।
उनीहरुले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता तय भएको बताइएको छ । साथै पोखराको घान्द्रुक घुम्ने, अन्नपूर्ण हिमश्रृंखला हेर्ने, र ब्रिटिश गोर्खाको क्याम्पमा जाने पनि तालिका रहेको छ ।
उनीहरुको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। उनलाई ‘ख श्रेणी’को सुरक्षा व्यवस्था मिलाइएको छ।





























प्रतिक्रिया