(सुजाता मुखिया)
हामी अहिले नयाँ बर्ष २०१९ को संघारमा छौ । यतिबेला बर्ष २०१८ को समिक्षा भईरहेको छ । यसैक्रममा सर्च ईन्जिन गुगलले सर्वाधिक खोजिएका ब्यक्तिहरुको सूचि सार्वजनिक गरेको छ । सार्वजनिक ‘टप टेन’ सूचिमा राजकुमारीदेखि पोर्नस्टारसम्म परेका छन् ।
१. मेघन मार्कल

मेघन मार्कल गुगलमा सर्वाधिक खोजिएका ब्यक्तिहरु मध्ये पहिलो नम्बरमा परेकी छन् । उनलाई गुगलमा यस बर्षको मे महिनामा सबैभनदा बढी खोजिएको छ । गुगलमा सर्च गर्नेमा ट्रिनिडेड एण्ड टोबागो देश अगाडि छ । आयरलेन्ड, जमाइका, क्यानडा, साउथ अफ्रिका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ नम्बरमा छन् ।
मेघन मार्कल एक पुर्व अमेरिकी अभिनेत्री र जीवनशैलीका ब्लगर हुन् । उनी कानुनी ड्रामा सुटमा अभिनय गरेपछि प्रसिद्ध भइन् । उनी प्रिन्स ह्यारीसँग बिवाह गरेर ब्रिटिस शाही परिवारको सदस्य बनेकी हुन् । पुर्व टिभी स्टार अहिले शाही कर्तव्य र परोपकारको काममा ध्यान केन्द्रित गरिरहेकी छिन् । उनी एक उत्साही मानवतावादी, कार्यकर्ता र नारीवादी पनि हुन् ।
२. डेमी लोवाटो

अमेरिकी गायिका, लेखक र अभिनेत्री डेमी लोवाटो दोस्रो नम्बरमा छिन् । उनलाई गुगलमा जुलाईमा सबैभन्दा बढी खोजिएको छ । उनलाई प्युर्टारीको देशको नागरिकले सबैभन्दा बढी गुगल इन्जिनमा सर्च गरेका हुन् । अमेरिका, पोर्चुगल, आयरलेन्ड र कोस्टारिका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ नम्बरमा छ ।
सोसल मिडियामा सबैभन्दा ठूलो नाम हो जसको १४५ मिलियन भन्दा धेरै फलोवर्स छन् । उनले सात बर्षको उमेरदेखि पियानो बजाउन थालेकी हुन् । उनले नृत्य र अभिनयको कक्षा पनि त्यतिबेलादेखि नै सुरु गरेकी हुन् । उनले बाल कलाकारको रुपमा अभिनयको सुरुवात गरेकी हुन् ।
३. सिलभेस्टर स्टलवान

अमेरिकी कलाकार, निर्देशक, पटकथा लेखक तथा निर्माता सिलभेस्टर स्टलवान तेस्रो नम्बरमा छन् । उनलाई सन् २०१८ को फेब्रअरी महिनामा धेरै खोजिएको छ । सबैभन्दा बढी खोजी गर्ने देशमा साउथ अफ्रिका अग्रपक्तिमा छ भने दोस्रोमा घाना, तेस्रोमा हंगेरी, चौथोमा बोलिभिया र पाँचौमा प्युर्टो रिको पर्छन् ।
उनी विशेषत हलिउड ऐक्सन रोलहरुको लागि पपुलर छन् । जसमा उनले ‘रकी सिरिज’ मा ‘बक्सर रकी बाल्बो’ को भूमिका निभाएका थिए, जसले गर्दा उनलाई बेस्ट ओरिजिनल स्क्रिन प्ले र बेस्ट एक्टरको अवार्ड दिलायो । उनी चार्ली च्यापलिन र र्ओसन वेल्सपछि एकै फिल्मको लागि दुई वटा बिधामा मनोनयनमा पर्ने तेस्रो व्यक्तिमा परेका छन् ।
४. लोगान पल

अमेरिकी ब्लगर, अभिनेता र निर्देशक लोगान पल चौथो नम्बरमा छन् । उनी ब्राजिलमा हुँदा लोगान ओलम्पिक गए । जँहा उनले र उनको रुममेटले कुख्यात ओलम्पिक डब भिडियो बनाए । जुन भिडियो ७ दिनमा ६० मिलियनले हेरेका थिए । अहिले कपिराइट मुद्दाको कारण त्यो भिडियो हटाइएको छ । उनलाई सन् २०१८को अगस्ट महिनामा धेरै खोजिएको छ । खोजी गर्ने देशमा आयरलेन्ड एक नम्बरमा छ । दोस्रोमा युनाइटेड किङ्गडम, तेस्रोमा न्युजिलेन्ड, चौथोमा नर्वे र पाँचौमा युनाइटेड स्टेड रहेको छ ।
५. ख्लोइ कार्दसियन

ख्लोइ कार्दसियन पाँचौ नम्बरमा छिन् । उनलाई यस बर्षको अप्रिलमा धेरै खोजिएको हो । कंगो देशको नागरिकले उनलाई गुगलमा धेरै खोजेका हुन् । उनी एक मोडल, अभिनेत्री र व्यवसायी हुन् । रियालिटी शो टिभी सिरिज ‘किपिङ अप द कार्दसियन’ बाट प्रसिद्ध भइन् । उनले सन् २००८ मा पेटाको लागि नग्न तस्बिर खिचाएकी थिइन् । जसबाट उनी विवादित पनि भइन । चर्चित मोडल किम कार्दसियन र ख्लोइ कार्दसियन दिदी बहिनी हुन् ।
६. जेर बोल्सोनारो

जेर बोल्सोनारोलाई सन् २०१८ मा अक्टोबर महिनामा सबैभन्दा धेरै खोजिएको छ । खोजी गर्ने देशमा सबैभन्दा अगाडि ब्राजील छ भने पोर्चुगल, उरुग्वे, अर्जेन्टिना र चिली क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौमा छ । जेर बोल्सोनारो एक ब्राजिलियन राजनेता र सेवानिवृत सैनिक हुन् । उनी ब्राजिलको राष्ट्रपतिमा चुनिएका हुन् । उनले सन् १९९१ पछि रियो द जेनेरियो राज्यको प्रतिनिधित्व गर्ने चेम्बर अफ डेप्युटीको सदस्यको रुपमा काम गरेका छन् । सोसल लिबरल पार्टीको (पिएसएल) सदस्य हुन र राष्ट्रपतिको रुपमा ४ बर्षसम्म रहे ।
७. ब्रेट कवनुआग

ब्रिट कवनुआगलाई सन् २०१८ मा सेप्टेम्बर महिनामा सबैभन्दा बढी खोजिएको छ । उनलाई युनाइटेड स्टेटमा सबैभन्दा बढी खोजिएको छ । क्यानडा, आयरलेन्ड, सिगांपुर र न्युजिलेन्ड क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ नम्बरमा छन् । उनी अमेरिका सर्वोच्च न्यायलयको जज हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा सुप्रिम कोर्टमा कवनुआगको नोमिनेट गरे ।
पालो अल्टो विश्वविद्यालयको मनोविज्ञानको प्रोफेसर क्रिस्टीन ब्लेसी फोर्डले ‘वासिंगटन पोस्ट टिप लाइन’ मा सुरुवाती दिनमा कवानुआगलाई यौन उत्पीडनको आरोप लगाए जब उनीहरुसँगै हाइस्कुलमा थिए । दुई अन्य महिलाहरुले पनि उनलाई यौन दुराचारको आरोप लगाए । कवानुआगले तिनै आरोपीलाई इन्कार गरे । एक पुरक रिपब्लिकन नियन्त्रित सिनेट न्यायपालिका समितिको सुनुवाइ पछि रिपब्लिकन कमेटीको सदस्यले ति आरोप झुठो साबित गरिदिए । सिनेटले उनको नामाङकन पुष्टि ग¥यो । त्यसपछि उनले शपथ लिए ।
८. हेली बाल्डविन

हेली बल्डविनलाई सन् २०१८ मा जुलाई महिनामा सबैभन्दा बढी खोजिएको छ । हेली बल्डविनले क्यानेडियन पप गायक जस्टिन बिबरसँग बिवाह गरेकी हुन् । सायद त्यसैले होला उनलाई क्यानडाको नागरिकले सबैभन्दा बढी खोजेका छन् । दोस्रोमा फिलिपिन्स, तेस्रोमा युनाइटेट स्टेट, चौथोमा कम्बोडिया र पाँचौमा न्युजिल्यान्ड छ ।
उनी अमेरिकाको प्रख्यात मोडल र टेलिभिजन प्रस्तोता हुन् । उनले थुप्रै टेलिभिजन शो, म्युजिक भिडियो र विज्ञापनमा काम गरिसकेकी छिन् ।
९. स्ट्रोमी डेनियलस

नवौं स्थानमा छन्, स्ट्रोमी डेनियलस । उनलाई मार्च महिनामा सबैभन्दा बढी खोजिएको हो । खोजी गर्ने देशमा अमेरिका पहिलो नम्बरमा छ । क्यानडा, आयरल्यान्ड, अस्ट्रेलिया र नर्वे क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ नम्बरमा छ । उनी पोर्न स्टार हुन् । उनी अमेरिकाको एडल्ट फिल्मको अभिनेत्री, स्ट्रिपर र निर्देशक हुन् । डेनियल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको वकिल माइकल कोहनसँगै एक कानुनी विवादमा मुछिएका थिए । उनले डोनाल्ड ट्रम्पसँग रिलेसनमा भएको कुरा खुलाएकी थिइन् । सबैभन्दा धेरै गुगलमा ट्रम्प एन्ड स्ट्रोमी डेनियल टाइप गरेर सर्च गरेका छन् ।
१०. कार्डी बी

कार्डी बी दशौ स्थानमा पर्न सफल भएका छन् । उनलाई सन् २०१८मा सबैभन्दा बढी गुगलमा सर्च गरेका छन् । जम्बियाको नागरिकले उनलाई सबैभन्दा धेरै गुगलमा खोजेका छन् । दोस्रोमा जिम्बावे, तेस्रोमा जमााइका, चौथोमा साउथ अफ्रिका र पाँचौमा ट्रिपनडेड एन्ड टोबागोको नागरिकले खोजेका छन् ।
उनको पुरा नाम बेल्किस मारलेनिस अल्मोनजार हो । उनी अमेरिकी र्यापर, गायिका र टेलिभिजन प्रस्तोता हुन् । न्युयोर्क शहरमा जन्मेर हुर्केका उनी पहिलो पटक सोसल मिडियामा एक स्ट्रिपरको रुपमा आफ्नो करियर सुरु गरेकी हुन् । उनको पोष्टहरु भाइरल भएर उनले सबैको ध्यान आफुतिर खिचेकी थिइन् । उनी इन्टरनेट सेलिब्रेटी पनि हुन् ।
हेर्नुहोस् भिडियो रिपोर्ट





























प्रतिक्रिया