समाचारको कन्टेन्ट र विश्वसनीयता हेरिरहेका छौंः अध्यक्ष बस्नेत

समाचारको कन्टेन्ट र विश्वसनीयता हेरिरहेका छौंः अध्यक्ष बस्नेत

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय प्रेस काउन्सिलले समाचारको कन्टेन्ट र समाचारको विश्वसनीयता हेरिरहेको बताएका छन् ।

बुधबार अनलाईन टिभी पत्रकार संघ नेपालको वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष बस्नेतले मिडिया र सञ्चारकर्मीहरुलाई एउटा आंचारसंहिताको दायरामा ल्याउनुपर्छ भन्दै त्यसको लागि कार्यविधि बनाएर प्रेस काउन्सिलले विभिन्न काम गर्दै आइरहेको बताएका हुन् ।

उनले भने, ‘खासगरी हामीले एक वर्ष अगाडि कार्य विधि बनाएर सामाजिक सञ्जाल प्रयोग हुने, सामाजिक सञ्जाल माध्यम हुने, तर सञ्चार माध्यमको काम गर्ने र मिडियाको स्वरुपमा आएर मिडियालाई र सञ्चारकर्मी साथिहरुलाई एउटा आंचारसंहिताको दायरामा ल्याउनुपर्छ र प्रेस काउन्सिलको नियमनको दायरामा ल्याउनुपर्छ भनेर हामीले सरकारसँग समन्वय गरेर कार्यविधि बनाएर प्रेस काउन्सिलले विभिन्न काम गर्दै आएको छ । समाचारको कन्टेन्ट ठिक छ की छैन, सत्यतामा आधारित छ कि छैन ?, साँचो छ की छैन ?, पर्याप्त आधार कारण छ की छैन ?, विश्वशनिय छ कि छैन ?, समाचारको अंग पुगेको छ की छैन रु भनेर प्रेस काउन्सिलले हेरिरहेको छ ।’

साथै, सामाजिक सञ्जालसम्बन्धि आएको विधेयकको कुरा गर्दै उनले सामाजिक सञ्जालाई राम्रोसँग सदुपयोग हुने गरि प्रयोग गर्ने खालको कानुन आवश्यक रहेको बताए । मिडियाले चलाउने सामाजिक सञ्जाल, पत्रकारले चलाउने सामाजिक सञ्जाल, समाचार कन्टेन्ट आउने सामाजिक सञ्जाल, काउन्सिल निकायले हेर्नुपर्ने त्यो विधेयकमा हुनुपर्ने उनकाे भनाइ छ।


Logo