प्रदेश खबरले सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने

प्रदेश खबरले सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने

केन्द्रबिन्दु
15
Shares

इटहरी । इटहरीबाट सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर डटकम अनलाइनले आफ्नो स्थापनाको दुई वर्ष पूरा गरी तीन वर्षमा प्रवेश गरेको अवसरमा सुनसरीमा सक्रिय सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ।

बुधवार एक सूचना जारी गर्दै नयन एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर सञ्चारकर्मीहरूको सुरक्षा र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क दुर्घटना बीमा गर्ने निर्णय गरेको जानकारी दिएको हो।

नयन एड्भरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीका अनुसार उक्त बीमा योजनाका लागि इच्छुक सञ्चारकर्मीहरूले अनिवार्य रूपमा नागरिकताको प्रतिलिपि, आबद्ध मिडिया हाउसको परिचयपत्र वा मिडिया हाउसको सिफारिस पत्र इमेल वा ह्वाट्सएपमार्फत पठाउनुपर्नेछ।

यसै अवसरमा प्रदेश खबर डट कमले फागुन ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ । सो अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने बताइएको छ ।

Logo