काठमाडौं । सागर ग्रुपले आयोजना गरेकाे ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ आजबाट सुरु भएको छ । आफ्नो ब्रान्ड तथा प्रडक्टहरूको प्रयोग, विशेषतालगायत वर्तमान समयमा आएको प्रविधि र विस्तारबारे जानकारी दिने उद्देश्यका साथ उक्त एक्स्पो आयोजना गरिएको हो ।
बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा उक्त एक्स्पो माघको २९ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा दिँदै आएको उक्त ग्रुपले विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै आएको छ । तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स–ल्याब ल्यापटप पनि राखिएका छन् ।
यसैगरी, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान पनि उपलब्ध रहने बताइएको छ । एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषयहरू समावेश भएकाले यहाँबाट ग्राहकहरूलाई नयाँ अनुभव प्रदान हुने सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धर जानकारी दिइन् ।
‘एक्स्पोमा हामीले बिक्री गर्दै आएका सामानहरू हुनेछन्, यो एक्स्पोले नयाँ र अपडेटेडका साथै नवप्रवर्तन प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्ने अवसर प्रदान गर्नेछ,’ उनले भनिन् ।
सागर ग्रुपले एक्स्पोमा आएर प्रिन्टर वा कुनै सामान किन्दा विशेष छुटको व्यवस्था गरेको छ । ७ दिन सञ्चालन हुने यो एक्स्पोमा टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरहरू पनि लन्च गरेको छ । एक्स्पो अवधिभर टोनर बक्स सिरिजका प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र ब्रदरका जुनसुकै प्रिन्टरको खरिद न्यूनतम २० प्रतिशत छुट उपभोक्ताले पाउने छन् ।
साना तथा ठूला व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नका लागि निकै उपयोगी ब्रदर प्रिन्टर बजारमा निकै लोकप्रिय छन् । यी प्रिन्टरहरूको उपयोगितालाई लिएर एक्स्पोमा विशेषज्ञहरूद्वारा प्रशिक्षण पनि हुने सागर ग्रुपले बताएको छ ।
एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा अत्याधुनिक उत्पादनहरु र व्यक्तिगत उद्यम तथा पेशेवरहरूका लागि तयार पारिएका अनुपम अनुभवहरू पनि प्रस्तुत हुनेछ । सागर ग्रुपका अनुसार एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्न सकिन्छ । क्युआर कोड प्रणाली मार्फत अनलाइन दर्ता गर्दा एक्स–ल्याब ल्यापटप जित्ने अवसर ल्याइएको छ ।
यो कार्यक्रम प्रविधि, जीवनशैली र नेटवर्किङ अवसरहरू संयोजन हुने प्ल्याटफर्मको रूपमा विकास हुने सागर ग्रुपले जानकारी दिएको छ । यस्तै, मिट एण्ड ग्रिट एक्स्पोको अवसर पारेर सागर ग्रुपले इनेक्स क्यामेरा पनि लन्च गरेको छ । विश्व बजारमा निकै लोकप्रिय उक्त क्यामेराका तीन वटा मोडल लन्च गरेको हो ।





























प्रतिक्रिया