ग्याँस सिलिण्डर विष्फोट हुँदा काठमाडौंमा ११ जना घाइते, १ गम्भीर

ग्याँस सिलिण्डर विष्फोट हुँदा काठमाडौंमा ११ जना घाइते, १ गम्भीर

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । राजधानी काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् ।


नेपाल प्रहरी विपद् व्यवस्थापन महाशाखाका अनुसार आज बिहान पौने ९ बजेतिर ग्याँस सिलिण्डर विष्फोट भएर आगोलागी हुँदा ११ जना घाइते भएका हुन् । प्रहरीका अनुसार ११ जनाको हिमाल अस्पतालमा अहिले उपचार भइरहेकाले छ ।


उक्त विष्पोटमा परी उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएकोले हिमाल अस्पतालको एम्बुलेन्सबाट कीर्तिपुर बर्न सेन्टर पठाइएको छ। घटनास्थलमा घरको सिलिङ सबै झरेकोले अन्य मानिस पनि छन् कि भनेर खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केशव श्रेष्ठको घरमा मम पसल सञ्चालनमा थियो ।

Skip This
Skip This
Logo