चर्चित लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन

चर्चित लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा निधन भएको छ । भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ थिए । पछिल्लो समय निमोनिया भएपछि उपचार भईरहेको थियो ।

लामिछानेका घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीत चर्चित छन् । २०१५ साउन १ गते भक्तपुरको बागेश्वरी ३ मा उनी एक किशान परिवारमा जन्मिएका थिए । लामिछानेका २ छोरा, ३ छोरी र श्रीमती छन् । छोरीहरु विवाह गरेर पराइ घर गइसकेका छन् ।

नेपाली सेनाका जागिरसँगै लोकगीत संगीतको विकासमा पनि उत्तिकै योगदान पुर्‍याएका लोक गायक लामिछानेले रेडियो नेपाल र च्यानल नेपालमा लोकभाका सम्बन्धी कार्यक्रम चलाउथे ।

चर्चित हास्य टेलिश्रृंखला हिजो आजका कुरा र तीतो सत्यमा समेत अभिनय गरेका लामिछानेले तीन दशकभन्दा बढी समय नेपाली संगीतमा बिताएका थिए ।

Skip This
Skip This
Logo