यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ -सञ्चारमन्त्री गुरुङ

यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ -सञ्चारमन्त्री गुरुङ

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षभित्र ‘आइटिपार्क’ स्थापना गर्ने बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फेर्मवर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक छ भने ।

कम्प्युटर एशोसिएशन महासङ्घ नेपाल (क्यान महासङ्घ)द्वारा आज आयोजित ३०औँ क्यान इन्फोटेक–२०२५ को शुभारम्भ गर्दै उनले भने, “काठमाडौंमा यस वर्षभित्रै आइटिपार्क निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ । ”

मन्त्री गुरुङले डिजिटल फेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पूर्वाधार तयार पार्नुपर्ने बताए । सूचना प्रविधिको युगमा आइपुग्दासमेत नेपालमा एउटा पनि ‘आइटिपार्क’ नहुनु भनेको प्राविधिक हिसाबले पछि पर्नु रहेको बताउँदै उनले आफू मन्त्रालयको तर्फबाट इन्फास्टकचर, आइटि नीति, एआइ नीति लगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिए ।

“डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न सूचनाप्रविधिका पूर्वाधार सिर्जना गर्नुपर्छ”, मन्त्री गुरुङले भने,“यस वर्ष जसरी पनि काठमाडौंमा एउटा आइटिपार्क बनाउछौँ ।”

त्यस्तै, मन्त्री गुरुङले एआइ नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताए । साथै यसै वर्षभित्र सात सय ५३ पालिकामा फोर जी सबैका घर–घर पुर्याउने र फाइभ जि काठमाडौँबाट सुरुमा मन्त्रालय सक्रिय रहेको जानकारी दिए ।

साउथ एसियामै एआइको नीति बनाउने विषयमा नेपालपछि परेको अवस्था दर्शाउँदै मन्त्री गुङले भने,“सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ ।”

Skip This
Skip This
Logo