काठमाडौं ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
विश्वलाई नै रासायनिक हतियार विहिन बनाउन उनले सबैलाई आग्रह गरेका हुन् । रासायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै उनले यसको प्रयोग कहिल्यै, कहिँ, कुनै पनि बाहानामा वा कुनै पनि अवस्थामा ठिक नभएको दावी गरे ।
रासायनिक हतियारको प्रयोगले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने गरेको पनि उनले स्मरण गराएका छन् ।
“कुनै पनि तरिकाले रासायनिक हतियारको प्रयोगलाई सही सावित गर्न सकिंदैन, हामीले यस्लाई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनु पर्छ,” उनले भनेका छन् ।
उनले रासायनिक हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वभाविक रुपमा लिन नहुनेमा पनि जोड दिनुभयो । राष्ट्रसंघीय प्रमुखले रासायनिक हतियारको प्रयोग स्वीकार्य हुन नसक्ने स्पष्ट पारे ।
उनले रासायनिक हतियारबाट पीडित भएकाहरुप्रति पनि विश्व समुदायको नैतिक जिम्मेबारी रहेको तर्फ सबैको ध्यानाकर्षण गराए । सन्देशमार्फत उनले पीडितहरुप्रति सहानुभूति पनि व्यक्त गरेका छन् ।रासस































प्रतिक्रिया