‘यो देशमा केही पनि भएको छैन’ भन्ने जस्ता सन्देश दिने प्रवृत्ति बढे -परराष्ट्रमन्त्री राणा

‘यो देशमा केही पनि भएको छैन’ भन्ने जस्ता सन्देश दिने प्रवृत्ति बढे -परराष्ट्रमन्त्री राणा

केन्द्रबिन्दु
54
Shares

सुदूरपश्चिम । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी सङ्गठन बलियो बनाउन सबै कार्यकर्ता सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताएका छन् ।

आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला अधिवेशनमा मन्त्री राणाले पार्टीको नीति एवं मार्गदर्शनबमोजिम सकारात्मक सोचसहित पार्टी सङ्गठनमा बलियो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गरिन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरी ‘यो देशमा केही पनि भएको छैन’ भन्ने जस्ता सन्देश दिने प्रवृत्ति बढिरहेकाले त्यस्ता नकारात्मक सन्देशलाई सबैले बहिष्कार गर्दै जानुपर्ने धारणा राखिन‍्‍ । उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै ज्ञान, सीप र विचार आदानप्रदान गर्न सबैलाई आग्रह गरिन् ।

परराष्ट्रमन्त्री डा राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आफूले निरन्तर प्रयास गरिरहेको जानकारी दिइन् ।

Skip This
Skip This
Logo