काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । किसानलाई लक्षित गरी कर्जा प्रवाह गर्ने विषयमा दुई पक्षबीच समझदारी भएको हो ।
सम्झदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगाले र प्रभु बैंकका प्रदेश प्रमुख सांग्रिला श्रेष्ठले हस्ताक्षर गरे ।
चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय प्रदर्शनीमा दुई पक्षबीच सम्झौता भएको हो ।
प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरेका थिए ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र चितवन उद्योग संघले संयुक्त रूपमा आयोजना गरिएको प्रदर्शनीमा दुग्ध उत्पादनसम्बन्धी ५२ प्रदर्शनीकक्ष समावेश गरिएको छ । प्रदर्शनी आगामी आइतबार समापन हुनेछ ।
बैंक अफ द इयर २०२३ उपाधि प्राप्त गरेको प्रभु बैंक नेपालभर ३११ शाखा कार्यालय, २८४ एटीएम, र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।































प्रतिक्रिया