मन्टेश्वरी किन्डर वर्ल्डको स्पोर्ट्स फेस्टिभल सम्पन्न, विद्यार्थीसँगै अभिभावक पनि उत्साहित

मन्टेश्वरी किन्डर वर्ल्डको स्पोर्ट्स फेस्टिभल सम्पन्न, विद्यार्थीसँगै अभिभावक पनि उत्साहित

केन्द्रबिन्दु
411
Shares

काठमाडौं । मन्टेश्वरी किन्डर वर्ल्डको ‘स्पोर्ट्स फेस्टिभल २०८१’ सम्पन्न भएको छ । विद्यार्थीहरुको सर्वाङ्गीण विकास गर्ने उदेश्यका साथ प्रिमियर इन्टरनेशनल आइबी कन्टिनम स्कुलको प्रांगणमा आयोजित उक्त फेस्टिभल भव्य रुपमा सम्पन्न भएको हो ।

यो फेस्टिभल हरेक वर्ष आयोजना हुँदै आएको छ । फेस्टिभलमा मन्टेश्वरी किन्डर वर्ल्डका नयाँ बानेश्वर, ताहाचल, भक्तपुर र झम्सीखेल ब्रान्चका विद्यार्थीहरु खेलमा सहभागी भएका थिए । विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक क्षमताको विकासका लागि मन्टेश्वरीका विद्यार्थीलाई लक्षित गर्दै विगत लामो समयदेखि स्पोर्ट्स फेस्टिभलको आयोजना गर्दै आएको प्रिमियर इन्टरनेसनल स्कुलका एमडी बसन्त थापाले बताए ।

यसैगरी अभिभावकहरुले यो फेस्टिभलको आयोजना गरेकोमा स्कुललाई धन्यवाद दिँदै स्पोर्ट्स फेस्टिभलले पाठ्यक्रममा मात्र सिमित नरही अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुँदा बालबालिकाहरुको शारीरिक तथा मानसिक वृद्धि विकास हुने धारणा व्यक्त गरे ।

आज सम्पन्न भएको स्पोर्ट्स फेस्टिभललाई ईलिमेन्टरी, फान्डेसन, ग्रुप, प्री वान र प्री टु गरी चार भागमा विभाजन गरिएको थियो ।

फाउन्डेसन ग्रुपमा रनिङ, रिले रेस, ह्याङगिङ द ह्याङकी, वेरिङ सुज, ब्रसटिङ द बलुन गरी नौ वटा खेल रहेको थियो । उक्त खेलमा ८३ जना विद्यार्थीको सहभागीता रहेको थियो । प्री वान ग्रुपमा ११२ जना विद्यार्थीले १० वटा खेल खेलेका थिए ।

त्यसैगरी प्रि टु ग्रुपमा क्यारीङ ब्याग, अब्स्ट्रय्याकल रेस, पिक एन्ड रन, जस्ता ९ वटा खेल ५० जना विद्यार्थीले खेलेका थिए भने इलिमेन्टरी ग्रुपमा ३० जना विद्यार्थीले ३ वटा खेल खेलेका थिए ।

प्रत्येक समूहबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै खेलमा सहभागी भएका अन्य विद्यार्थीलाई पनि हौसला दिनको लागि प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

विद्यार्थीहरुलाई पुरस्कारको वितरण प्रिमियर इन्टरनेशनल स्कुलका एमडी बसन्त थापा र स्कुलकी निर्देशक पवित्रा लिम्वुले गरेका थिए । हरेक स्पोर्ट्स फेस्टिभलको हरेक सेग्मेन्टमा १० जना अभिभावकहरुलाई समेत विभिन्न खेल खेलाइएको थियो । साथै खेल जित्ने अभिभावकहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

Skip This
Skip This
Logo