शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

केन्द्रबिन्दु
15
Shares

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन् ।

शिक्षादीप कलेज विराटनगरद्वारा आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा मुख्यमन्त्री कार्कीले सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको बताए ।

मुख्यमन्त्री कार्कीले तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ अविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले विकासको परिभाषा बाटो, पुल र भवनमात्र नभई मानवीय संशाधन, सूचना प्रविधिको विकास महत्त्वपूर्ण रहेको बताए ।

मुख्यमन्त्री कार्कीले विद्यार्थीहरूको सूचना प्रविधि अविष्कारलाई बजारीकरण गरी राष्ट्रिय पुँजी टेवा पुर्याउन सकिने विश्वास व्यक्त गरे। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सूचना प्रविधिको विकासले मुलुकमा विदेशी मुद्रा आर्जन गर्न सक्ने बताए ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले विद्यार्थीद्वारा निर्मित हवाईजहाज, संवाद गर्नसक्ने रोबोटलगायत आविष्कारको अवलोकन गरेका थिए ।

Logo