वार्ता नमिलेपछि ‘नो केवलकार समूह’द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

वार्ता नमिलेपछि ‘नो केवलकार समूह’द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरमा निर्माणाधीन केवलकारविरुद्ध आन्दोलनरत पक्षले थप आन्दोलन कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल सरकारका सहसचिव स्तरीय वार्ताबाट समस्या समाधान नहुने भन्दै ‘नो केबलकार समूह’ले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केवलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

सरकारसँग यसअघि माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयन पनि सरकार इमान्दार नभएको पनि उनीहरुको आरोप छ ।

२२ गते भएको वार्ताअनुसार हिजो (माघ २७ गते) दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएको थियो । वार्तामा सरकारी टोलीले केवलकार निर्माणसँग सम्बन्धित समस्याहरू र स्थानीयलाई रोजगार दिन सकिने सम्भावनाबारे छलफल गर्ने प्रस्ताव राखेका थिए, तर आन्दोलनकारीले केवलकार निर्माण नै नगर्नुपर्ने अडान राखेपछि वार्ता निष्कर्षविहीन बनेको थियो ।

Skip This
Skip This
Logo