भारतले दशगजामा बनाएको सडक पुरियो

भारतले दशगजामा बनाएको सडक पुरियो

केन्द्रबिन्दु
0
Shares

विराटनगर

मोरङको जहदा गाउँपालिका १ मा दशगजा मिचेर भारतले बनाउन सुरु गरेको सडक पुरिएको छ ।

जहदास्थित कालामनिजर र भारततर्फ अररिया कुस्माहा ग्राम पञ्चायत ४ आमगाछीमा सीमा स्तम्भ नं १७४ र २ सहायक सीमा स्तम्भदेखि ५०० मिटर पश्चिम भारततर्फको दशगजाभित्रको १५० मिटर कच्ची बाटो भारतले बनाउन लागेको थियो ।

विधायक मनचन केसरीको विधायक फन्डबाट निर्माण सुरु गरिएको पक्की सडक नेपाल र भारतका सीमा सुरक्षा अधिकारीले आपसी सम्झदारीमा एक्जाभेटर लगाएर पुरेका हुन् ।

जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवसहित संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादव लगायतले सोमबार दशगजा क्षेत्रमा भारतले निर्माण गर्न लागेको सडक अवलोकन गरी प्रशासनलाई जानकारी गराएका थिए ।

नेपालका सीमा सुरक्षा बल र प्रमुख जिल्ला अधिकारीलाई खबर गरेपछि मंगलबार नेपाल तर्फबाट सशस्त्र प्रहरी बल नेपाल गण हेक्डक्वार्टर मोरङ नम्बर ३ गणका गणपति मनिष थापाले भारतीय सीमा सुरक्षा बल ५६ वटालियको डेपुटी कमान्डर मनीन्द्रकुमार सिंहसँग समन्वय गरे स्काभेटर लगाएर सडक पुरिएको हो ।
अन्नपूुर्णबाट

Logo