काठमाडौं । गोरखा सुलिकोट गाउँपालिकाका स्थानिय टेकबहादुर घले २०७५ सालदेखि आर्मीबाट पीडित भए भन्दै माइतीघरमा अनशन बसेका छन् । उनले आर्मीको मेजर निशान्त पण्डित लगायतले आफूलाई सुकुम्बासी बनाएको भन्दै माइतीघर मण्डलामा अनशन बसेका हुन् ।
उनले भने, ‘मेरो घरबार उठिबास भयो, मलाई सुकुम्बासी बनायो । छोरा विदेश गएर ऋण तिर्न सकेन । छोरा बहुलाउन लाग्यो । त्यहि भएर बाध्य भएर म यहाँ उभिन आएको छु । रहर होइन यो मेरो एकदमै ठूलो पीडा हो । म ईमान्दार काम गरेर खाने मान्छे हो । यस्तो अन्याय गर्यो । मेरो होटेल भत्काएर भ्रष्टाचार गरेर भाग्यो निशान्त पण्डित भन्ने आर्मीको मेजर । तीन वर्ष त्यतिकै अलपत्र छोड्यो मेरो होटेल । फेरि अर्को विनोद भट्ट भन्ने आयो तपाईंलाई न्याय दिन्छु र क्षतिपूर्ति मिलाई दिन्छु भनेर । सरकारसँग २५ लाख लिएको रहेछ, मलाई १३ लाख ८२ हजार मात्र दिएर गयो ।’
उनी अनशन बसेको ५४१ दिन भइसकेको छ ।































प्रतिक्रिया