नेपालका आयुर र दिक्षान्तले मलेसियामा स्वर्ण हात पारे

नेपालका आयुर र दिक्षान्तले मलेसियामा स्वर्ण हात पारे

केन्द्रबिन्दु
15
Shares

काठमाण्डौ । मलेसियाको क्वालालम्पुरमा भएको १२औं स्पिड पावर तेक्वान्दो च्याम्पियनशिपमा नेपालका आयुर ढकाल र दिक्षान्त लामिछानेले स्वर्ण पदक जितेका छन् ।

आयुरले ९ देखि ११ वर्ष उमेरसमूहमा र दिक्षान्तले १२ वर्षमुनि उमेरसमूहमा स्वर्ण पदक जितेका हुन् । आयुरले झापाको मेची तेक्वान्दो डोजाङ र दिक्षान्तले हात्तिवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् ।

च्याम्पियनशिपमा आयुर र दिक्षान्तको स्वर्णसहित नेपालले कुल सात पदक जितेको छ । दुवै स्वर्ण नेपालले पुम्सेमा जितेको हो ।

च्याम्पियनशिपमा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, मुना खवास मगर र बब्लु सिवाकोटीले निर्णायक हुनुहुन्थ्यो ।

Logo