डा. बाबुराम भट्टराईको नेसपाले आज नयाँ केन्द्रीय समिति चयन गर्दै

डा. बाबुराम भट्टराईको नेसपाले आज नयाँ केन्द्रीय समिति चयन गर्दै

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु भएको नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को प्रथम महाधिवेशन आज समापन हुँदै छ ।

अधिवेशनले संयोजक डा. बाबुराम भट्टराईले बन्द सत्रमा पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरिसकेको छ । ‘नयाँ युगको नयाँ कार्यभार स् वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा भट्टराईले पेस गरेको प्रतिवेदन पार्टीमा समृद्धिको अभियान चलाउन सुझावसहित सर्वसम्मत पारित गरेको सो पार्टीले जनाएको छ ।

भट्टराईको राजनीतिक प्रतिवेदनसँगै समसामयिक राजनीतिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पनि पारित भएपछि महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिष्पर्धाको आधारमा चयन हुने पार्टीले जनाएको छ ।

महाधिवेशनमा देशभरबाट १५ सय प्रतिनिधि सहभागी भएको नेसपाले जनाएको छ ।

Skip This
Skip This
Logo