सरकारले फेर्‍यो अर्थ सचिव

सरकारले फेर्‍यो अर्थ सचिव

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । सरकारले अर्थ सचिवमा परिवर्तन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका बसेको मन्त्रि परिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई सरुवा गरेको हो ।

अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो । अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ ।

उपाध्यायले सहसचिव हुँदा लामो समय पर्यटन मन्त्रालय कर्णाली प्रदेशको अर्थ सचिव , ललितपुर र काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पदमा रहेका थिए ।

बागमती प्रदेशको प्रमुख सचिवक, श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिवको रूपमा कार्य गरिसकेका छन्।

Skip This
Skip This
Logo