न्युयोर्क । विलिनियर एलन मस्कले पछिल्लो समय एआइको क्षेत्रमा प्रभाव बढाउँदै गएका छन् ।
हालै मस्कले च्याट जिपीटीको निर्माता ओपन एआई खरिद गर्नका लागि ९७ दशमलव चार अर्ब अमेरिकी डलरको प्रस्ताव गरेको समाचार बाहिर आएका छन् । नेतृत्वमा रहेको लगानीकर्ताको समूहले उक्त प्रस्ताव गरेको हो । विलिनियर मस्कका कानुन व्यवसायी म्याक टियोबियोफले सोमबार यसका लागि ‘बिडिङ’ गरेका हुन्।
एआईको प्रभाव बढी रहेको समयमा ओपन एआईको कार्यकारी साम अल्टम्यान तथा राष्ट्रपति ट्रम्पका निकटस्थ मस्कको लामो समय द्वन्द्व चलिरहेको समयमा भएको यो प्रस्ताव अर्थपूर्ण मानिएको छ।
मस्ककै उत्पादनको सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अल्टम्यानले लेखे, ‘धन्यवाद। यो आवश्यक छैन। बरु तपाईं चाहनु हुन्छ भने म ९ दशमलव ७४ अर्बमा ट्विटर किन्नका लागि खर्च गर्न सक्छु ।’ सन् २०१५ मा यी दुई मिलेर नै नयाँ कम्पनी खोलेका थिए।
यो विषयमा विवाद भएपछि सन् २०१८ मा मस्क छुट्टिएर टेस्ला कम्पनी खोलेका हुन्।































प्रतिक्रिया