काठमाडौं । पछिलो समय रियालिटी शोमा ब्यस्त गायक प्रमोद खरेलले डान्सिङ नम्बरको गीत बजारमा ल्याएका छन् ।
गायक खरलले आफ्नो ‘प्रमोद खरेल एण्ड परम्परा’ ब्याण्ड कन्सर्टका लागि नेपाल टुरमा निस्किनुअघि सोमबार नयाँ गीत ‘लै लै लै…’ सार्वजनिक गरेका हुन् । गायक खरेलको नयाँ गीतमा शब्द तथा संगीत कृष्ण केसीको छ भने योगेश काजीले एरेन्ज गरेका छन् ।
भिडिओमा पल शाह र जुना विश्वकर्मा फिचर्ड छन् भने प्रमोदको ‘स्पेशल अपिरियन्स’ देख्न सकिन्छ। गीतमा आफूले मन पराएको युवतीको बयान गरिएको छ। गीतका टुक्का भिडिओ सार्वजनिक अघि नै टिकटकमा चर्चित बनिसकेका छन् ।
प्रमोदले ‘ओए झुमा झुम्कावालीु’. ‘यो कुरा गोप्य’ पछि डान्सिङ नम्बरको गीत ल्याएका थिएनन् । उक्त गीतको भिडिओको निर्देशन शान थापाले गरेका छन् भने भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र विवेक सुनारको सम्पादन छ।





























प्रतिक्रिया