एभिन्यू कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा गुल्सन झा

एभिन्यू कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा गुल्सन झा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । एभिन्यू एजुकेसन कन्सल्टेन्सी तथा ओएए स्टडी नेपालले नेपाली राष्ट्रिय टोलीका युवा अलराउण्डर गुल्सन झालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच क्रिकेटर झा र कन्सलटेन्सीबीच उक्त सम्झौता भएको हो ।

कार्यक्रम क्रिकेटर झाले एभिन्यु परिवारसँग जोडिन पाउँदा एकदमै खुसी र उत्साहित भएको बताए । खेल र शिक्षा दुई छुट्टै क्षेत्र भएतापनि आफ्नो देशलाई योगदान कसरी गर्न सकिन्छ भन्ने एउटै उद्देश्य रहेको बताए ।

उनले भने,‘एभिन्यु परिवारसँग जोडिन पाउँदा एकदमै खुसी लागिरहेको छ । साथसाथै एकदमै उत्साहित छु यो यात्राको लागि । यो दुईवटा क्षेत्र फरक फरक हो तरपनि उद्देश्य एउटै छ । आफ्नो देशलाई योगदान कसरी गर्न सकिन्छ भन्ने एक अर्कासँग जोडिएसँगै पक्कै पनि अगाडि बढ्न एक अर्कोलाई सहयोग गर्नेछौं ।’

त्यस्तै, एभिन्यू एजुकेसन कन्सल्टेन्सी तथा ओएए स्टडी नेपालका फाउन्डर रविन पाण्डेले गुल्सन झालाई आफ्नो ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गर्न पाउँदा खुसी व्यक्त गरे ।

Skip This
Skip This
Logo