सलिको र इन्ड्राइभबीच दुर्घटना बीमासम्बन्धी सम्झौता

सलिको र इन्ड्राइभबीच दुर्घटना बीमासम्बन्धी सम्झौता

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इन्ड्राइभ नेपालबीच दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र इन्ड्राइभ नेपालका तर्फबाट निर्देशक रिता पोखरेल हस्ताक्षर गरेका हुन् । उक्त बीमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरूको मृत्यु भएमा ८ लाख रुपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँ एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रकम भुक्तानी गर्नेछ ।

यसैगरी नाबालिक यात्रुहरूको हकमा क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ ।

Skip This
Skip This
Logo