रुकुममा एकै परिवारका हजुरआमा र नातिको रहस्मय हत्या

रुकुममा एकै परिवारका हजुरआमा र नातिको रहस्मय हत्या

केन्द्रबिन्दु
30
Shares

रुपन्देही । रुकुमको रुकुमपूर्वमा अवस्थित भूमे गाउँपालिका वडा नम्बर ४ मा पर्ने साकिममा एकै परिवारका हजुरआमा र नातिको हत्या भएको छ ।

प्रहरीका अनुसार ६० वर्षीय ढाटी बुढा र उनको नाति ८ महिनाको समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरिेएको हो । मंगलबार भएको यो रहस्यमय घटनाका मुख्य आरोपी बुढाका छिमेकी रहेका ५३ वर्षीय चन्द्रसिङ पुन पनि घटनास्थल देखि केही पर भीरको तल खोलामा मृत अवस्थामा भेटिएपछि प्रहरीलाई घटनाको अनुसन्धान गर्न थप समस्या परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डिएसपी माधवराज खरेलले बताए ।

प्रहरीका अनुसार अनुसार सामान्य विवाद उनीहरु बीच पहिले भएपनि हत्याको अवस्थामा कसरी पुगेभन्ने अनुसन्धान हुँदैछ । घटना अनुसन्धान गर्न पुगेको प्रहरीले खोजतलासकै क्रममा हत्याको आशंका गरेका व्यक्ति मृत अवस्थामा फेला परेका बताएको छ ।

डिएसपी खरेलका अनुसार घटनापछि भागेका भनिएका चन्द्रसिङ पुन खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला परेका थिए । खुलखुले खोला घटनास्थलबाट करिब आधा घन्टा टाढा रहेको छ । बजै र नातीको हत्यापछि उनले आत्महत्या गरेको नै हुनसक्ने प्रहरीको ठम्याई छ । उनी मृत भेटिएको ठाउँ नजिकै खुकुरी भेटिएको छ ।

घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo