काठमाडौ । मुलुकमा भ्रष्टचार मौलाउँदै गएको छ । गत बर्षको तुलनमा नेपालमा यो बर्ष भ्रष्टचार बढेको पाइएको तथ्यांकले देखाएको छ ।
ट्रान्सप्यारेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सुचाङक ‐२०२४ अनुसार नेपालमा भ्रष्टचार बढदै गएको देखिएको छ । ट्रान्सप्यारेन्सी इन्टरनेशनल नेपालका अनुसार नेपाल गत बर्षभन्दा भ्रष्टाचार नियन्त्रणमा कमजोर देखिएको छ । गत बर्ष १०० मा ३५ अंक प्राप्त गरेको नपालले सन् २०२४ मा एक अंकले घटेर ३४ मा झरेको छ ।
भ्रष्टचार बढेकोमा चिन्ता ब्यक्त गर्दै ट्रान्सप्यारेन्सी इन्टरनेशनल भनेको छ “नेपालले यस नतिजाले भ्रष्टाचार विरुद्व प्रभावकारी रुपले काम–कारबाही अगाडि बढाउन अत्यन्त जरुरी भएको औंल्याउँदछ” ।
ट्रान्सप्यारेन्सी इन्टरनेशनलको उक्त अध्ययनमा १८० देश सम्मिलित सूचकाङ्कमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा रहेको छ । साउथ सुडान ८ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा अंकित भएको छ ।
दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान सवैभन्दा राम्रो देखिएको छ । त्यस्तै नेपाल चौथो राम्रोमा पर्दछ । भुटानले ७२ अङ्क प्राप्त गरेको छ भने भारतले ३८ अङ्क, मालदिभ्सले ३८ अङ्क, नेपालले ३४ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४३ अङ्क प्राप्त गरेको छ ।
सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ । विगत ५ वर्षमा ७ वटा मुलुकहरुले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा उल्लेख्य प्रगति हासिल गरेका छन् । सन् २०२४ मा विश्वका दुई तिहाइ देशहरुले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन् ।
सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष पनि ४३ नै कायम रहेको छ । कम अंक प्राप्त गर्नेमा कमजोर र द्वन्द्व प्रभावित मुलुकहरु रहेका छन् ।
विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहेका मुलुकहरुले समेत भ्रष्टाचार अवधारणा सूचकाङ्क सर्वेक्षणमा कम अंक प्राप्त गरेको देखिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न देशको भ्रष्टाचार अवधारणा सूचकाङ्क तयार गर्दा १३ वटासम्म अन्तर्राष्ट्रिय सर्वेक्षणका तथ्याङ्कलाई आधार मान्ने गरेको छ । नेपालको सूचकाङ्क ६ वटा संस्थाद्वारा विभिन्न क्षेत्र समेटेर गरिएको सर्वेक्षणको आधारमा तयार ट्रान्सप्यारेन्सी इन्टरनेशनले नेपालले जनाएको छ ।





























प्रतिक्रिया