काठमाडौं । कास्कीको पोखरा आज देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार आज अपरान्ह पोखरा गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १८७ एक्यूआई छ ।
वायुको गुणस्तर मापदण्डअनुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।
यसैगरी चितवनको भरतपुर १७० एक्यूआईसहित दोस्रो नम्बरमा छ । भैंसेपाटी १५४ एक्यूआईसहति तेस्रो स्थानमा हुँदा रत्नपार्क क्षेत्रको वायु प्रदूषण १५१ एक्यूआई छ । खुमल्टार, शंखपार्क, भक्तपुर र धुलिखेल क्षेत्र पनि आज प्रदूषित सहरमा छन् ।































प्रतिक्रिया