अल्फाबिटाद्वारा फेब्रुअरी १८ मा ‘यूके युरोप एड्मिसन डे २०२५’ आयोजना, छुटको पनि अफर

अल्फाबिटाद्वारा फेब्रुअरी १८ मा ‘यूके युरोप एड्मिसन डे २०२५’ आयोजना, छुटको पनि अफर

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । युरोपमा उच्च शिक्षा हासिल चाहने विद्यार्थीलाई लक्षित गर्दै नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले ‘यूके युरोप एड्मिसन डे २०२५’ आयोजना गरेको छ ।

फेब्रुअरी १८ मा अल्फाबिटा कम्प्लेक्समा आयोजना हुने उक्त एड्मिसन डेको मुख्य उदेश्य विद्यार्थीहरूलाई यूके र युरोपका प्रतिष्ठित विश्वविद्यालयहरूसँग प्रत्यक्ष रुपमा जोडेर उनीहरूको सपना साकार पार्नु रहेको अल्फाबिटाले जनाएको छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने यस शैक्षिक कार्यक्रममा लन्डन मेट्रोपोलिटन विश्वविद्यालय, प्लायमाउथ विश्वविद्यालय,ग्रिनविच विश्वविद्यालय, चेस्टर विश्वविद्यालय, द युनिभर्सिटी अफ ल, लन्डन साउथ ब्यांक विश्वविद्यालय, युनिभर्सिटी अफ इस्ट एङ्ग्लियालगायत युरोपका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहनेछ । उक्त प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर यूके युरोपको शिक्षा नीति, भर्ना, छात्रवृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण विषयको बारेमा बुझ्ने अवसर पाउनेछन् ।

साथै, कार्यक्रममा विद्यार्थीहरूले आफ्नो आवेदन प्रक्रिया सुरु गर्न सक्नेछन् र प्रोसेसिङ शुल्कमा ५० प्रतिशत छुट पनि पाउनेछन्। एड्मिसन डेमा सहभागी भएर यसरी आफ्नो सपना पूरा गर्ने बाटोमा अगाडि बढ्न सकिने अल्फाबिटाले जनाएको छ ।

अल्फाबिटा विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत छ । यसले यूके–युरोप, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । विदेश अध्ययनको लागि जाने विद्यार्थीहरूको लागि पुल बन्दै आएको अल्फाबिटा भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने परामर्शदाताको रूपमा परिचित छ ।

Logo