काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवार कांग्रेसमा प्रवेश गरेका छन् ।
नेता सुनार सहित रामेछापका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा आदिवासी जनजाति नेता समेत रहेका सुनुवारसहित उनी नेतृत्वको टिम कांग्रेसमा प्रवेश गरेको हो ।
सभापति शेरबहादुर देउवाले खादा लगाउँदै उनीहरुलाई कांग्रेसको साधारण सदस्यता हस्तान्तरण गरेका हुन् । कांग्रेसमा प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा सक्रिय भएर लाग्न सुझाव दिएका छन् ।
रामेछापका जिल्ला सभापतिसमेत रहेका ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले रामेछाप, दोलखालगायत विभिन्न जिल्ला नेताकार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउन समन्वय गरेका हुन् । नवप्रवेशीहरूलाई स्वागत गर्दै राज्यमन्त्री तामाङले पार्टीमा कसैलाई अन्याय हुन नदिने भएकोले संगठनलाई बलियो बनाउन लाग्न आग्रह गरे ।
पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद दिलमान पाख्रिन, दोलखा पार्टी सभापति वर्मा लामालगायतको उपस्थिति रहेको थियो । कांग्रेसमा प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीक रामेछामका उपाध्यक्ष दशराम सुनुवार,सुनुवार सेवा समाजकी केन्द्रीय सचिव शोभा सुनुवारलगायत छन् ।































प्रतिक्रिया