काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुसासन र विकासको नेतृत्व लिन सबै सरकारी निकायलाई निर्देशन दिएका छन् । जनताले सरकारलाई आफ्नो मत दिएर सहयोग गरिसकेको भन्दै उनले शुसासन र विकासको नेतृत्व गर्ने दायित्व र जिम्मेवारी सरकार र सरकार मातहतका निकायको भएको बताए ।
प्रधानमन्त्री ओलीले चुनाव मार्फत मुलकमा राजनीतिक स्थिरता र स्थायित्व कायम भएकाले अस्थिर राजनीतिमा चलखेल गर्ने सबै किसिमका क्रियाकलाप अन्त्य भएको दाबी गरे । विकास र सम्वृद्धी हासिल गर्ने सवालमा सरकारसँग स्पष्ट दृष्टिकोण सहितका नीति भएको उल्लेख गरे ।





























प्रतिक्रिया