कालीकोटको पलाता गाउँपालिका वडा नं. १ मा भएको भीषण आगलागीबाट पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने भएको छ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट तत्कालका लागि यो राहत उपलब्ध गराउन लागेको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले सोमबार जारी गरेको विज्ञप्तिमा भिषण आगलागिवाट भएको ठूलो आर्थिक तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उल्लेख छ ।
मुख्यमन्त्रीले आगलागिवाट घाईते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने सम्वन्धित निकायलाई आग्रह पनि गरेका छन् । शाहीले घटनाको सुचना पाउने वित्तिकै आगलागि नियन्त्रण, उद्धार तथा राहतको प्रवन्धका लागि सम्वन्धित निकायलाई निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
आगलागीबाट अहिलेसम्म ११० घर जलेर नष्ट भएको छ ।





























प्रतिक्रिया