उपत्यकाका १८ वटा अस्पताल कारवाहीको सूचीमा

उपत्यकाका १८ वटा अस्पताल कारवाहीको सूचीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौ

अत्याधुनिक प्रविधिको प्रयोगबाट उपचार हुने महँंगा र सुविधासम्पन्न कतिपय अस्पतालले अस्पतालजन्य फोहोर जथाभावी फालेपछि सरकारले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको छ ।

राजधानीका सुविधासम्पन्न तथा चिकित्सा क्षेत्रमा आफूलाई ‘फाइभ स्टार’ सुविधा प्रदान गर्ने भनिएका नर्भिक, ओम, नोबेल, ग्रिन सिटी, मेडिकेयर लगायतका अस्पतालले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने विधि र संरचना नबनाएको भन्दै वातावरण विभागले कारवाही गर्ने तयारी गरेको हो ।

अस्पतालजन्य फोहोरलाई सोझै नगरपालिकाको फोहोर उठाउने गाडीमा फाल्ने, सडकका छेउछाउमा जम्मा पारेर खुला छाड्ने, सङ्क्रमित पानीलाई सोझै ढलमा मिसाउने गरिएको पाइएकाले उपत्यकाका १८ वटा अस्पताल कारवाहीको सूचीमा रहेको जनाइएको छ ।

उपत्यका भित्रका ३७ वटा अस्पतालमा गरिएको अनुगमनमा १८ वटा अस्पतालले न्यूनतम मापदण्ड पनि पूरा नगरेको विभागले जनाएको छ । विभागका अनुसार १२ वटा नाम चलेको अस्पतालले ईआईए, आईईई समेत गरेको र बाँकी सातवटा अस्पतालले सङ्क्रमित फोहोर र पानीको व्यवस्थापन नगरेर आम नागरिकको स्वास्थ्य माथि खेलवाड गरेको दावी विभागको छ ।

ईआईए र आईईई नभएका अस्पतालमा ग्रिन सिटी, विनायक, शहीद मेमोरियल, विपी स्मृति, हेल्पिङ हेण्डस्, मेडिकेयर, ओम, काठमाडौँ मोडेल लगायत छन् । त्यसैगरी सङ्क्रमित फोहोर र दूषित पानीको व्यवस्थापन नगरेर सोझै ढलमा मिसाउने अस्पतालमा एभरेष्ट, नोबेल, आयुर्वेद चिकित्सालय, मनमोहन मेमोरियल, नर्भिक, काठमाडौँ भ्याली, गणेशमान, एपीएफ अस्पताल र काठमाडौँ मेडिकल कलेज सिनामङ्गल रहेका छन् ।
गोरखापत्रबाट

Logo