अध्यादेशविरुद्ध आन्दोलनमा उत्रन सबै कर्मचारीलाई आह्वान

अध्यादेशविरुद्ध आन्दोलनमा उत्रन सबै कर्मचारीलाई आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय कर्मचारी महासंघ, नेपालले सरकारले हालै जारी गरेको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ विरुद्ध आन्दोलनमा उत्रन सबै कर्मचारीहरुलाई आह्वान गरेको छ ।

कर्मचारी समायोजना अध्यादेशप्रति आपत्ति जनाउँदै आएको राष्ट्रिय कर्मचारी महासंघ, नेपालले त्यसको विरोधमा आन्दोलनमा होमिन देशभरका सरकारी तथा गैर सरकारी क्षेत्रका सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेको हो ।

आईतबार काठमाडौंमा पत्रकार सम्मलेन गरी महासंघका नवनिर्वाचित अध्यक्ष टोपबहादुर बानियाले सो अध्यादेश खारेज गरेर कर्मचारी समायोजना गर्नुअघि संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन र कर्मचारी समायोजन ऐन एक साथ जारी गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

महासंघले अस्थायी, करार र ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्न सरकारसँग माग गरेको छ । खानेपानीलगायतका संस्थानहरुमा भइरहेको कर्मचारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै महासंघले उनीहरुको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएको छ ।

बानिया नेतृत्वको ४५ सदस्यीय नयाँ केन्द्रिय कार्य समितिले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कार्य अनुभव र शैक्षिक योग्यताको आधारमा यथोचित सेवा, सुविधा वृद्धि नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

Skip This
Skip This
Logo