सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार

सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार

केन्द्रबिन्दु
0
Shares

हुम्ला

जिल्लाको दक्षिण गाउँपालिकामा गएको मङ्सिर २६ गतेबाट सुत्केरी व्यथा लागेकी एक महिलाको शुक्रबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सदरमुकाम सिमकोटदेखि तीन दिनको दूरीमा रहेको चङ्खेली गाउँपालिका–४ पिप्लाङ गाउँ निवासी तारा शाहीलाई कर्णाली प्रदेशका सामाजिकमन्त्री दल रावलको सहयोगमा उद्धार गरी उपचारका लागि सुर्खेत पु¥याइएको छ ।

दश दिन अघि नै सुत्केरी व्यथा लागेको र पिप्लाङ स्वास्थ्यचौकीमा भर्ना भएकी शाहीलाई प्रसूतिमा कठिनाइ हुनुको साथै लगातार रगत बगेपछि मन्त्री रावलको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । विरामीको ज्यान जोखिममा पर्दै जाने अवस्था आएपछि शाहीको उद्धारको लागि विभिन्न निकायसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो ।

विकट गाउँबाट सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा लैजानसमेत तीन दिन लाग्ने भएकाले पनि बिरामीलाई जिल्ला अस्पतालमा लैजान समस्या भएको सुत्केरी शाहीका आफन्त सविता पाल बताउनुभयो । उहाँको अहिले सुर्खेतमा रहेको श्रेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।
रासस

Logo