दाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो

दाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

दाङ

दाङमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । बसमा ३१ जना सवार थिए । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ ।

सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालय सल्यानको बस दुर्घटनामा परेको हो । कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटनामा परेको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo