फिदिम पछि सुन्दरहरैँचामा गुञ्जिए गायक दीपक बज्राचार्य

फिदिम पछि सुन्दरहरैँचामा गुञ्जिए गायक दीपक बज्राचार्य

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । ‘भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको फिदिममा भब्य सांगीतिक प्रस्तुती दिएको गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले त्यसको दुई दिन पछि आइतबार राति मोरङ जिल्लाको सुन्दरहरैँचास्थित विराटचोकमा अर्को धमाकेदार सांगीतिक प्रस्तुति दिएको छ ।

विराटचोकमा संचालन भैरहेको ‘विराट एक्स्पो’को पाँचौं दिन लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले करिब २ घण्टा सम्म आफ्ना नयाँ र पुरानो गीतहरुको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गर्दै दर्शकलाई मनोरन्जन गराएको हो ।

करिब दश हजार भन्दा बढी दर्शकमाझ राति ९ बजे सुरु भएको कार्यक्रममा ‘म त हावा सँगै आउँछु’ बोलको गीतबाट प्रस्तुति सुरु गरेको ब्याण्डले ११ बजे सम्म ननस्टप दर्शकको हुटिङ खाँदै आफूलाई निरन्तरता दिएको थियो ।

बज्राचार्य उपस्थित कन्सर्ट हेर्न सदरमुकामसँगै ग्रामीण क्षेत्रबाट अधिकांश युवायुवती भेला भएका थिए । सार्वजनिक शौचालय निर्माणको लागि रकम जुटाउन यो एक्स्पो गरिएको सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

Logo