काठमाडौं । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा हर्क बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
डोटी जिल्लाका बोहरा अहिले आरआर क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत छन् र स्ववियु निर्वाचनमा राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही भाग लिने निर्णय गरेका हुन् । बोहरा स्वतन्त्र विद्यार्थी युनियनको औचित्य, अवधारणा र मान्यतालाई अनुसरण गर्दै उम्मेदवारी दिने बताउँछन् । उनले यस निर्वाचनमा भाग लिने मुख्य उद्देश्य विद्यार्थीहरूको हकहित र विकासमा ध्यान दिनु रहेको बताएका छन्। विश्वविद्यालयलाई स्वसाधित संस्थाको रूपमा अगाडि बढाउँदै विश्वविद्यालयको शिक्षा प्रणालीलाई थप व्यवस्थित बनाउनु पर्ने बताए ।
‘स्वतन्त्र उम्मेदवारका रूपमा मेरो उम्मेदवारी राजनीतिक दलहरूको प्रभावबाट बाहिर राखेर, केवल विद्यार्थीहरूको वास्तविक समस्या र मागहरूमा ध्यान दिने उद्देश्यका साथ अगाडि बढ्दै छु । स्ववियुको मुख्य उद्देश्य राजनीतिक स्वार्थभन्दा विद्यार्थीहरूको समस्यालाई प्राथमिकता दिनु हो,’ उनले भने ।
बोहरा क्याम्पसका विद्यार्थीहरू बीचमा निकै लोकप्रिय छन् । उनी धेरै वर्षदेखि विद्यार्थीहरूको समस्यामा सक्रिय रूपमा संलग्न रहेका छन् भने हरेक सन्दर्भमा आफ्ना विचार र अभिव्यक्तिहरू प्रकट गर्दै आएका छन् ।
‘स्ववियु निर्वाचनमा मेरो उम्मेदवारीले विद्यार्थीहरूको बीचमा नयाँ दृष्टिकोण र विचार ल्याउने विश्वास गरिएको छु,’ उनले भने ।
आगामी निर्वाचनलाई विद्यार्थीहरूको भविष्य र शिक्षा सुधारको अवसरका रूपमा हेरिरहेको बोहोराले बताए । उनले विद्यार्थीहरूको सशक्तीकरण र शिक्षाको स्तर सुधारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।































प्रतिक्रिया