भारतमा नेपाली विद्यार्थीमाथि दमन भएपछि भारतीय दूतावास अगाडि प्रदर्शन

भारतमा नेपाली विद्यार्थीमाथि दमन भएपछि भारतीय दूतावास अगाडि प्रदर्शन

केन्द्रबिन्दु
177
Shares

काठमाडौं। भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा नेपाली विद्यार्थीको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ ।

कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । कलेजले उनले प्रेममा परेपछि उत्पन्न भएको घटनाले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । तर, प्रकृतिले आफूमाथि अन्याय भएको भन्दै पहिले नै कलेज प्रशासनलाई खबर गर्दा पनि कुनै एक्सन नलिएपछि यो घटना घटेको आन्दोलित विद्यार्थीको भनाई छ ।

घटनापछि आक्रोशित त्यहाँ अध्ययनरत विद्यार्थीहरूले विरोधका लागि सडकमा उत्रिएका छन् । उनीहरूले विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै लम्सालका लागि न्यायको माग गरेका छन् । तर, ती विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गर्दै कलेजबाट निकालिएको खबर पनि बाहिरिएको छ । यसैको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरुद्ध लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो ।

Logo