सुर्खेतका अभिषेक सुनार बने नेपालकै नम्बर एक ‘टाटा गुरु’

सुर्खेतका अभिषेक सुनार बने नेपालकै नम्बर एक ‘टाटा गुरु’

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेनुईन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स प्रालि र टाटा मोटर्सको संयुक्त आयोजनामा ‘गुरुक्षेत्र–२, २०२५’कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

‘सीपलाई पहिचानसँगै प्रतिभालाई सम्मान’ भन्ने मूल नाराका साथ आयोजना भएकाे टाटा गुरु मेकानिक्स प्राविधिकबीच सम्पन्न उक्त प्राविधिक सीप तथा दक्षता एवं ज्ञानमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम ‘गुरुक्षेत्र–२, २०२५’मा सहभागी प्रतिस्पर्धी गुरुहरुलाई पछि पार्दै सुर्खेतका टाटा गुरु अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भएका हुन् ।

उक्त प्रतिस्पर्धाको लागि देशभरबाट १०० टाटा गुरुहरु सहभागी भएका थिए ।

सिप्रदीका अनुसार, नम्बर एक टाटा गुरु विजेता घोषित अभिषेकसँगै द्धितीय स्थान प्राप्त गर्न सफल टाटा गुरु लाल बहादुर नेगी र तृतीय स्थान हासिल गर्न सफल गुरु ब्रह्मानन्द चौधरी र सन्जय दनुवारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भई नेपाललाई विश्व सामू चिनाउने सुअवसर प्राप्त गरेका छन् । यसैगरी, प्रथम आठ स्थानमा पर्न सफल भएका टाटा गुरु अनिल श्रेष्ठ, अमन कुमार मानन्धर, धर्म श्रेष्ठ र भूमिरान खात्रीसमेतले टाटा मोटर्सको प्लान्टस्मा गई तालिम प्राप्त गर्ने सीप बढोत्तरीको अवसर पाएका हुन् ।

समारोहमा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक श्री युवराज बुढाथोकीले देशभरका स्थानीय प्राविधिकहरुलाई टाटा मोटर्स र सिप्रदी अटोपार्टसले सम्मानित गरेको उल्लेख गर्दै गुरुहरुलाई समाजका आर्थिक, प्राविधिक सामाजिक रुपमा अगाडि बढाउन टाटा मोटर्स सिप्रदी अटोपाट्र्सले करिब सात करोड रुपैयाँ खर्च गरिसकेको जानकारी गराए । उनले वर्कशप व्यवस्थित गर्न टुल्सहरुको साथै उनको घरायसी आवश्यकताका सामानहरु जस्तैं मोटर साइकल, टेलिभिजन, वासिङ मेसिन, मोवाइल फोन लगायतका सामाग्रीहरु प्रदान गरिएको जानकारी समेत त्यसअवसरमा दिए ।

उनले टाटा गुरुहरुलाई प्राविधिक रुपमा दक्ष बनाउने कार्यमा सिप्रदी सदैव तयार रहेको समेत बताए । साथै उनले टाटा गुरुहरुलाई टाटा गाडिका डाक्टरको उपमा दिँदै डाक्टरले जहिले पनि सक्कली औषधी मात्र उपभोग गर्ने सिफारिस गरे जस्तै टाटा गुरुहरुले पनि नक्कली पार्टपूर्जा र आयलको प्रयोग गर्न नहुनेमा विशेष जोड दिएका थिए ।

यस्तै, मिस नेपाल अर्थ–२०२२ विजेता डा. सृसा श्रेष्ठद्धारा सञ्चालित उक्त कार्यक्रममा सिप्रदी ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजन बाबू श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गीरि, उपाध्यक्ष सौरभ राज थपलिया, महाप्रबन्धक शारदा राना तथा टाटा मोटर्सको तर्फवाट हेड सी. भि. आइ. बि. कस्टमर केएर – राकेश मित्तल, क्षेत्रीय प्रबन्धक सी. भि. आइ. बि. कस्टमर केएर – राजिव शर्मा, क्षेत्रीय पार्ट्स प्रबन्धक सी. भि. आइ. बि. कस्टमर केएर – मयन्क मिश्रा तथा कन्ट्री प्रबन्धक सी. भि. आइ. बि. कस्टमर केएर नेपाल – मृनाल सेनलगायतको उपस्थिति रहेको थियो ।

देशभरबाट १०० जना टप टाटा गुरु सहभागी रहेको सो कार्यक्रममा सिप्रदी ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्पूर्ण विजेतालाई बधाई एवं शुभकाना ज्ञापन गर्दै नीजी क्षेत्रका प्राविधिकहरुका सीप र दक्षता अभिवृद्धिको लागि सिप्रदी र टाटा मोटर्स सदैव लागिरहेको र भविष्यमा पनि लागि रहने प्रतिबद्धता जनाउनुका साथ्रै टाटालाई नेपालको अटोमोवाइल क्षेत्रमा नम्बर एक बनाउन सहयोग पुर्‍याउनुभएकोमा सम्पूर्ण टाटा गुरुहरुलाई धन्यवाद समेत व्यक्त गरे ।

उक्त समारोहलाई सम्बोधन गर्दै टाटा मोटर्सका हेड सी. भि. आइ. बि. कस्टमर केयर राकेश मित्तलले सम्पूर्ण टाटा गुरुहरुलाई समयसँगै सीप र प्रविधिमा अपग्रेड हुन जरुरी रहेको आवश्यकता औंल्याए । साथै सीपमा अपग्रेड हुन नसकेको खण्डमा पछि पर्नुपर्नेमा सचेत रहन आग्रह गर्दै टाटा मोटर्स र सिप्रदी सबैलाई साथमा लिएर अगाडी बढ्न तयार रहेको स्पष्ट पारे ।

Skip This
Skip This
Logo