काठमाडौं
मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा यन्त्र, उपकरण, निर्माण सामग्री आपूर्ति तथा उपठेक्का लिएका नेपालीहरुले ठेकेदार सीएमसीबाट पाउनुपर्ने रकम नपाएको भन्दै आन्दोलित भएका छन् । सीएमसीले नेपाली व्यवसायीहरुलाई डेढ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।
सरकार र ठेकेदार भुक्तानी लगायतका माग सम्बोधन नगरे उनीहरुले मेलम्चीको साइट र काठमाडौं कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । आयोजनामा संलग्न २८ वटा कम्पनीका नेपाली व्यवसायीले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मागप्रति सरकार गम्भीर नबने मेलम्चीको साइट कार्यालय र काठमाडौंस्थित मेलम्ची खानेपानी विकास समितिको कार्यालयमा तालाबन्दी लगायतका कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
‘यसबाट उत्पन्न परिणामको जिम्मा आयोजना र ठेकेदारले लिनुपर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।सरकारी रवैयाका कारण मेलम्ची ठेकेदार सीएमसीले समयमा भुक्तानी पाउन नसक्दा मेलम्ची आयोजनामा ठेकेदारका लागि यन्त्र, उपकरण, निर्माण सामग्री आपूर्ति गर्ने तथा उक्त आयोजनाको उपठेक्का लिएका विभिन्न कम्पनीको समेत भुक्तानी रोकिएको विज्ञप्तिमा उल्लेख छ ।
‘हामी हालसम्म प्रमाण भएका २८ वटा कम्पनी लगायतले सी एम सीबाट करिब डेढ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ,’ विज्ञप्तिमा छ, ‘सी एम सीले आयोजनाबाट भुक्तानी पाएपछि हामीलाई भुक्तानी दिने आश्वासन दिंदै आएकोमा ठेक्का रद्द हुने स्थितिमा पुग्नुले हाम्रो उक्त रकम जोखिममा पर्न गएको छ । विदेशी ठेकेदार भए पनि मेलम्चीमा हामी नेपालीको श्रम, सीप, मेहेनत र लगानी परेको छ ।’
अन्नपूर्णबाट































प्रतिक्रिया