देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
मेलम्ची आयोजनाका ठेकेदारको धरौती जफत गर्ने तयारी
सरकारले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार सिएमसीको धरौटी जफत गर्ने भएको छ । बिहीबार संसदको अर्थ समितिको बैठकमा खानेपानीमन्त्री विना मगरले कम्पनीले नेपालको २ वटा बैंकमा राखेको पैसा रोक्का गरि सकेको जानकारी दिएकी हुन् ।
रामचन्द्र पौडेलद्वारा कांग्रेसको ३ बर्षे कार्यतालिका प्रस्तुत (पूर्णपाठ)
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा १२ जना युवा नेताहरुले १४ औं महाधिवेशनको माग गरिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशनको माग गर्दै कार्यतालिका नै सार्वजनिक गरेका छन् । महासमिति बैठकलाई सम्वोधन गर्दै पौडेलले कांग्रेसले भावी मार्ग तय गर्न १४ औं महाधिवेशन जरुरी रहेको धारणा राखेका थिए । पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउन बिशेष अभियान सञ्चालन गर्नुपर्ने बताउदै नेता पौडेलले आगामी पुस १६ गतेदेखि २०७८ बैशाखसम्मका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
नेकपा बैठकः सरकारको प्रतिरक्षा गर्न रणनीति बनाउनुपर्नेमा जोड
नेकपा स्थायी समिति बैठकमा सरकारलाई चारैतिरबाट आक्रमण भएको भन्दै प्रतिरक्षाका लागि रणनीतिक आधार तयार पार्नुपर्ने आवाज उठेको छ । पार्टी कार्यालय धुमबराहीमा विहिबार बसेको नेकपाको स्थानीय समिति बैठकमा सरकारले गरेका राम्रा कामहरु ओझेलमा परेको र चौतर्फी आक्रमण हुने गरेकाले सरकारको बचाउ गर्न रणनिति नै बनाएर अघि बढ्नुपर्ने आवाज उठेको हो ।
श्रीमती करणी गर्ने श्रीमानलाई डेढ वर्ष जेल, १० लाख क्षतिपूर्ति
जिल्ला अदालत कञ्चनपुरले श्रीमती करणी गर्ने श्रीमानलाई डेढ वर्षको जेल सजाय सुनाएको छ । श्रीमतीको इच्छा विपरित करणी गर्ने भीमदत्त नगरपालिका–२ भाँसीका डम्बर राज जोशीलाई अदालतले डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो ।
कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस
अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय विनोद भट्टको गए राति मुत्यु भएको छ भने उनकी आमा हीरा भट्ट बेहोस रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
गोरु काट्ने १० जना धरौटीमा रिहा, गोरुकै मासु खुवाएर गाउँमा सम्मान
गोरु काटेको अभियोगमा पक्राउ परेका १० धरौटीमा रिहा भएका छन् । गत मंसिर २८ गते धरान–१७ बाट पक्राउ परेका उनीहरु जिल्ला अदालत सुनसरीको फैसलापछि जनही ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् । सांस्कृतिक अधिकार संरक्षण समितिले उनीहरुलाई सम्मान गर्दै गोरुको मासुसहितको भोज आयोजना गरिएको सांस्कृतिक अधिकारका अभियन्ता जनकऋषि राइले जानकारी दिए ।
काठमाडौंका सडकमा स्मार्ट जेब्रा क्रसिङ, गाडी १० मिटर अघि नै आफैँ रोकिने
काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करिब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको हो ।
समाचारप्रति अधिकारकर्मी सारदा चन्दको आपत्ति
केन्द्रविन्दुमा डटकममा बुधबार सम्प्रेशण गरिएको समाचारप्रति महिलाअधिकारकर्मी सारदा चन्दले आपत्ति जनाएकी छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायिक आन्दोलनको क्रममा उनको नाम जोडिएको समाचार सम्प्रेशण गरिएको थियो ।
‘ब्याज युद्ध’ चर्किएपछि राष्ट्र बैंकले बोलायो ‘लन्च मिटिङ’
वाणिज्य बैंकहरुबीच ‘ब्याज युद्ध’ चर्किएपछि नेपाल राष्ट्र बैंकले सबै बैंकका प्रमुख कार्यकारी अधिकारीहरुलाई ‘लन्च मिटिङ’ मा बोलाएका छन्। ब्याजदरमा प्रतिस्पर्धा नगर्न यस अघि नै सुझाव दिएको भए पनि बैंकहरुले धमाधम ब्याज दर वृद्धि गर्न थालेपछि राष्ट्र बैंकले बैठक बोलाएको हो।
ईपीएल: भैरहवा दोश्रो पटक फाइनलमा प्रवेश, ललितपुरसँग भिड्ने
एभरेष्ट प्रिमियर लिग (ईपीएल ) को उपाधिका लागि ललितपुर पेट्रियट्स र भैरहवा ग्लाडिटयर्स भिड्ने भएका छन् । कीर्तिपुर क्रिकेट मैदानमा भएकोदोस्रो क्वालिफायर्समा भैरहवाले काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएकाे हाे । भैरहवाले १७ ओभमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
अवार्ड पाउँदा बुरुकबुरुक, नपाउँदा रोइलो किन ?
अवार्डको बिषयमा धेरै बोलियो, धेरै लेखियो र धेरै बहसहरु पनि गरियो । ति बहसहरुमा बौद्धिक तर्क भन्दा पनि गालीका शब्दहरुले भरिए। गाली गर्ने क्रममा कलाकारहरुले यति निम्नस्तरको ब्यबहार समेत देखाए कि त्यो बर्णन गरि साध्य छैन । ति गालीहरु सुन्दा दया लाग्छ। किनकी मान्छेले बौद्धिक तर्क नभएपछि गाली गलौचको भाषा प्रयोग गर्छ।
इन्धनका नाममा दोहोरो सुविधा लिएको भन्नेलाई मन्त्रीहरुको प्रहार
घुससहित वन अधिकृत रंगेहात पक्राउ
बिश्वकै सेक्सी सेलिब्रेटीको सूचिमा नायक आकाश श्रेष्ठ (भिडियोमा)
निक इलेक्ट्रो टेक–२०१८ को पूर्वसन्ध्यामा केन्द्रविन्दु राउण्ड टेबल सम्पन्न
निर्मला काण्डका बारेमा आइजीपी खनालको पछिल्लो भाषण (भिडियोसहित)
काठमाडौंमा मोनोरेल संचालनका लागि डिपीआर तयार पार्ने समझदारी (भिडियोमा)
दमका रोगीले यसरी बच्ने चिसोवाट ? (भिडियोमा)
यस्तो बन्यो गोपी को ‘ट्रेलर’ (भिडियोमा)
राष्ट्रपतिका दुबै उम्मेदवारले गरे जितको दाबी
जब बाराक ओबामा धोक्रो बोकेर अस्पताल पुगे…
ह्यापी बर्थडे मिस्टर खान
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया